१२ बैशाख २०८१, बुधबार

डिजेल पेट्रोलकाे घट्यो, खाना पकाउने ग्यासको मूल्य बढ्यो

Nepal Oil Corporation

आज राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ। निगमले पेट्रोल र डिजेलको मूल्य भने घटाएको छ। यो सँगै ग्यासको मूल्य अब प्रति सिलिन्डर १३७५ रुपैयाँ भएको छ।

भारतबाट पछिल्लो समय डिजेल र पेट्रोलको मूल्य घटेर आएकाले प्रति लिटर १ रुपैयाँ घटाइएको निगमले जानकारी दिएको छ। यो सँगै डिजेलको मूल्य प्रतिलिटर ९९ र पेट्रोलको प्रतिलिटर ११० रुपैयाँ भएको छ।