१४ बैशाख २०८१, शुक्रबार

‘भाइरस हन्टर’ लिपकिन, चीन पुगे कोरोनाविरुद्ध चिनिया वैज्ञानिकसँग सहकार्य गर्ने

american hR44cMWIWP

भाइरस हन्टरुको उपनामले प्रसिद्ध अमेरिकी वैज्ञानिक इयान लिपकिन चीन पुगेका छन्।

त्यहाँ उनले कोरोना भाइरसबारे अध्ययन गर्नुका साथै त्यसविरुद्ध प्रभावकारी रणनीति तय गर्न स्थानीय वैज्ञानिकसँग सहकार्य गर्ने चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ।

कोलम्बिया युनिभर्सिटीमा इपिडिमियोलोजी विभागको नेतृत्व गर्ने यी प्राध्यापकले चिनिया वैज्ञानिकसँग काम थालिसकेको बताएका छन्। अमेरिकासहित विश्वभरका वैज्ञानिक यो अभियानमा हातेमालो गर्न चाहन्छन्।

औषधिको परिक्षण गर्न चाहन्छन्, उनले भने, यो भाइरसका कारण भइरहेको मृत्युदरलाई निमिट्यान्न पार्नु हाम्रो उद्देश्य हो। यस किसिमका महामारीको अध्ययन, निदान, रोकथाम तथा उपचारको क्षेत्रमा लिपकिनको ३० वर्ष लामो अनुभव छ। खासगरी उनी मोलिक्यूलर मेथड का लागि प्रसिद्ध छन्। उनको विचारमा, चिनिया नयाँ वर्षको क्रममा मानिसले ज्यादा घुमफिर गरेकाले कोरोना भाइरस छिटोछिटो सबैतिर फैलिएको हो।

सन् २००३ मा सार्स भाइरस फैलँदा पनि लिपकिनले त्यसको रोकथामका लागि महत्वपूर्ण भूमिका खेलेका थिए। त्यसैले चिनिया वैज्ञानिकले उनलाई चीन आउन निम्तो दिएका हुन्। लिपकिनलाई सन् २०१६ मा चिनिया विज्ञान तथा प्रविधि केन्द्रले सम्मानसमेत गरेको थियो।

गत बिहीबार विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरिरहँदा लिपकिनले ु चिनिया वैज्ञानिक, स्वास्थ्यकर्मी र सरकारी अधिकारीु को आलोचना गर्न नहुने विचार राखेका थिए। उनले भनेका थिए, त्यसको सट्टा हामीले यो भाइरस कति भयावह प्रकृतिको छ। यसबाट कसरी छुटकारा पाउन सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्छ। एजेन्सी