fbpx
२१ फाल्गुन २०७७, शुक्रबार

चीनबाट नेपाली फर्काउन अझै केही दिन लाग्छ : स्वास्थ्य मन्त्रालय

संक्रमण देखिएकाहरुलाई चीनमै राखेर उपचार गरिने

चीनमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन कम्तीमा दुई दिन लाग्ने सरकारले बताएको छ ।

‘कोरोनाभाइरस’को संक्रमणले ग्रसित वुहान सहरबाट स्वदेश फर्कन चाहने विद्यार्थीलाई ल्याउन अझै तीन/चार दिन लाग्ने जनाएको हो ।

उनीहरुलाई ल्याएर राख्ने सुरक्षित ठाउँको तयारी गरी स्वदेश फर्काउन दुई दिन लाग्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए।

मन्त्रालयका प्रवक्ता श्रेष्ठले चीनको वुहान सहरभन्दा ५०० किलोमिटरसम्म टाढा रहेका विद्यार्थीलाई एक ठाउँमा ल्याउन नै केही समय लाग्ने हुँदा केही दिन ढिलो हुने जानकारी दिए ।

परीक्षणका क्रममा संक्रमण देखिएकाहरुलाई चीनमै राखेर उपचार गरिने उनले जनकारी दिए । ‘त्यहाँ पनि सबैको स्वास्थ्य जाँच हुन्छ । यदि पोजेटिभ देखियो भने चीनले पठाउँदैन त्यही उपचार हुन्छ । बाँकी अन्यलाई फिर्ता गरीन्छ’

स्थलको खोजी

‘मंगलबारसम्ममा ठाँउको प्रबन्ध मिलेपछि सम्भवतस् बुधबार चीनमा रहेका नेपालीलाई स्वदेश फर्काइने छ’ उनले सोमबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्‍मेलनमा भने ।

चीनबाट ल्याइने विद्यार्थीलाई राख्ने ठाउँ मंगलबार बेलुकासम्म टुंगो लगाउने श्रेष्ठले बताए । ‘ उनीहरुलाई राख्ने ठाँउ कहाँ उपयुक्त हुन्छ भन्ने कुरा सम्भवतस् भोलि बेलुकासम्म टुंगो लाग्छ । त्यसपछि बुधबार त उहाँहरुलाई ल्याउन सकिन्छ सायद’ उनले भने ।

पाँच जना विज्ञको टोलीले शनिबारदेखि सुरक्षाका लागि निगरानीमा राख्‍न सम्भावित ठाउँहरू खोजेको र भोलिसम्म सो ठाउँ टुंगो लाग्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले नेपाली सेनाको नवनिर्मित भवन, आर्मी ब्यारेक, सशस्त्र प्रहरी क्याम्प, सरकारका केन्द्रीय अस्पतालका हल, इचंगुनारायणमा सुकुम्बासीका लागि बनाइएको आवास, स्टाफ कलेज, भक्तपुरको नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र, कीर्तिपुरस्थित आयुर्वेदिक अस्पताल परिसर, बोडेस्थित कृषि तालिम केन्द्रमध्ये एक ठाउँमा राख्ने तयारी गरेको प्रवक्ता क्षेष्ठले बताए।

कोरोना भाइरसको संक्रमणको उत्पत्तिस्थल चीनको वुहानमा रहेका नेपाली विद्‍यार्थीले आफूहरुलाई स्वदेश फर्काउन माग गर्दै चीनस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् । तर नेपाल ल्याएर उनीहरुलाई राख्ने ठाउँको तयारी नहुँदा सरकारले ल्याउन सकेको छैन ।

सामान्यतयास् कोरोना भाइरस संक्रमणको लक्षण दुई हप्तापछि देखापर्ने मानिन्छ । त्यसैले चीनबाट उद्दार गरिने विद्यार्थीलाई दुई हप्तासम्म ‘क्वारेन्टाइन’मा राख्न लागिएको हो ।

१४ जनाको कोरोना परीक्षण

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म १४ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । जसमध्ये एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने १० जनामा संक्रमण नभएको देखिएको छ । बाँकी ३ जनाको स्वास्थ्य परीक्षणको नतिजा आउन बाँकी