
अभिनेत्री हीना खान पछिल्लो समय ब्वाइफ्रेण्ड रकी जायसवालका साथ माल्दिभ्समा छिन् । छुट्टी मनाउन उनी त्यहाँ पुगेकी हुन् । सामाजिक संजालबाट उनले माल्दिभ्सका केही तस्बिर समेत शेयर गरेकी छन् । तस्बिरमा उनी सेतो कलरको मोनोकनीमा हट देखिएकी छन् ।
तस्बिर उनले स्विमिङ पुलमा खिचाएकी छन् तर फ्यानले तस्बिर रुचाएका छैनन् । केही उनलाई यस्तो तस्बिर नराख्न भनेका छन् । केहीले धर्मको नामले समेत उनलाई यस्तो क्रियाकलाप नगर्न अनुरोध गरेको देख्न सकिन्छ ।
एक युजरले उनको तस्बिरमा लेखेका छन् ‘केही त लाज मानुस् ।’ अर्का एक युजरले उनलाई मुसलमानको नाममा धब्बा समेत भएको बताएका छन् । धेरै युजरले मुसलमान भएकोले यस्तो तस्बिर नखिचाउन अनुरोध पनि गरेका छन् ।
यस अगाडि हिनाले मल्टीकलर छोटो ड्रेसमा केही तस्बिर शेयर गरेकी थिइन् । जुन तस्बिरमा उनी निकै मस्ती मुडमा थिइन् । हिना हालै टिभी कार्यक्रममा ‘बिग बास १४’मा सिनियर प्रतियोगीको रुपमा समेत देखिएकी थिइन् । यसको अलवा उनको एक फिल्म पनि आएको थियो ।


