१६ चैत्र २०८०, शुक्रबार

सरकार चलाउन हैन, जनताको घरदैलोमा जाउँः सभापति देउवा

dauba

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशमा छिट्ट्रै निर्वाचन हुने संकेत गरेका छन् ।

चितवनको रत्ननगरमा (शनिबार) नेपाली काँग्रेस तरुण विभागले आयोजना गरेको तरुण भेलालाई सम्बोधन गर्दै सभापति देउवाले देशमा छिट्ट्रै निर्वाचन हुने भएकाले त्यसतर्फ ध्यान केन्द्रीत गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए । प्रधानमन्त्री को बन्ला भन्नेतर्फ ध्यान नदिन आग्रह गर्दै देशभर पार्टीलाई बलियो बनाउन निर्देशन दिए । देशमा अर्लि इलेक्सनको कुरा उठेको भन्दै त्यसका लागि सबै जना तमतयार भएर लाग्ने बेला आएको उनको भनाई थियो । सभापति देउवाले पार्टीका सबै नेता कार्यकर्ताहरु एक भएर अघि बढे काँग्रेसलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने भन्दै त्यसका लागि जनताको घरदैलो पुग्नुपर्नेमा जोड दिए । उनले जनता नै देशको मालिक भएको भन्दै भोट बढाउन तिर लाग्न निर्देशन दिए ।

यस्तै सभापति देउवाले ओली नेतृत्वको सरकार अहिले पनि संयुक्त सरकार भएको भन्दै अहिले नै नयाँ प्रधानमन्त्रीको हतार गर्न नहुने बताए । प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र)ले अझै पनि सरकारलाई दिएको समर्थन फिर्ता नलिएको भन्दै अर्काको पार्टीलाई यसो गर उसो गर भन्न नमिल्ने बताए । उनले आफू प्रधानमन्त्री बन्न लालायित नभएको स्पष्ट पार्दै टाउँकोमा आइ हाले पनि प्रधानमन्त्री नछोड्ने बताए ।

सभापति देउवाले काँग्रेसलाई बलियो बनाउन तरुण दलको भूमिका महत्वपूर्ण रहेको भन्दै तरुणको संख्या बढाउँदै लैजान पर्ने बताए । यस्तै सोही भेलामा बोल्दै काँग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले कम्युनिष्ट सरकारले देश बर्बाद बनाएको भन्दै आउने निर्वाचनमा काँग्रेसलाई बलियो बनाउनतर्फ लाग्नुपर्ने बताए । उनले चुनावी सरकारको नेतृत्व गर्ने अवसर आए काँग्रेसले छोड्न नहुने भन्दै त्यसतर्फ काँग्रेस सोच्ने बेला आएकोब बताए । कार्यक्रममा तरुण विभागका प्रमुख एवंम पूर्वमन्त्री शंकर भण्डारी, देवेन्द्र कँडेललगायतले कम्युनिष्ट सरकार असफल भइसकेको भन्दै काँग्रेस नेतृत्वका लागि तयार हुनुपर्ने बताए ।