१३ श्रावण २०७८, बुधबार

कोरोना भाइरसको उपचारमा खटेका डाक्टरको सुताइ देखेर सर्वसाधारण भावुक

medical staff exhausted from treating wuhan patients sleep on hospital floors chairs world

नयाँ वर्षमा चीन एउटा नयाँ र ठुला चुनौतीको सामना गरिरहेको छ । यो चुनौतीको नाम कोरोना भाइरस हो ।

कोरोना भाइरसका कारण अहिलेसम्म चीनमा ३ सय ६१ को मृत्यु भइसकेको छ भने देशभरी १७ हजार २ सय ५ जना संक्रमित छन् । यसका साथै कोरोनाका २ हजार ८ सय २९ नयाँ संक्रमित भेटिएका छन् ।

सोमबार कोरोना भाइरसका कारण फिलिपिन्समा एक जनाको मृत्यु भएको छ । चीनबाहिर कोरोनाका कारण मृत्यु भएको यो पहिलो घटना हो ।

चीनमा अस्पतालले कसरी घातक वुवान भाइरस संक्रमित बिरामीहरुको बढ्दो संख्याका कारण अहिले ठूलो भीडभाडको अनुभव गरिरहेको छ।

नतिजा स्वरूप, डाक्टरहरू र नर्सहरू नराम्रा काम गर्न बाध्य छन्। कोहीले डायपर लगाउनको लागि सहारा पनि लिएको छ किनकि उनीहरूसँग शौचालय प्रयोग गर्न पर्याप्त समय छैन ।

कोरोना भाइरसको संक्रमणले ग्रस्त चीनमा अहिले सबैभन्दा गाह्रो स्वास्थ्यकर्मीलाई छ । उनीहरु दिनरात नभनी बिरामीको उपचारमा खटेका छन् ।

तर अन्न पानीको शरीर न हो, डाक्टरलाई पनि आराम चाहिन्छ, केही मिनेट नै सही निद्रा अपरिहार्य छ । तर बेफुर्सदका बीच उनीहरु जसरी आराम गरिरहेको भेटिएका छन्, त्यो देख्दा सर्वसाधारणको मन कुँडिएको छ ।

चीनको सामाजिक संजालमा आराम गरिरहेका डाक्टरहरुको तस्बिर पोष्ट गर्दै सर्वसाधारणले लेखेका छन्ः

‘उनीहरु हाम्रो लागि लडिरहेका छन्, उनीहरु भाइरससँग पैंठेजोरी खेलिरहेका छन्, उनीहरु अभिभावक हुन्, छोरा हुन्, छोरी हुन्, उनीहरुलाई सबैकुरा सफा र चिटिक्क भएको मनपर्छ, तर यो दुःखको घडीमा, यस्ता सुताईहरु जताततै देख्न सकिन्छ, उनीहरु डाक्टर र नर्स हुन्, जब भाइरसको उत्पत्ति भयो, तब उनीहरुले सुरक्षार्थ क्वारेन्टाइन सुट लगाउन सुरु गरे, बिरामीलाई मृत्युबाट जोगाउँदै, उनीहरु आफैं पनि मृत्यु र भाइरससँग जुधिरहेका छन्, हामीहरुको उनीलाई सम्मान गर्नै पर्छ !’

medical staff exhausted from treating wuhan patients sleep on hospital floors chairs world of buzz 5
medical staff exhausted from treating wuhan patients sleep on hospital floors chairs world of buzz 767x1024 1
medical staff exhausted from treating wuhan patients sleep on hospital floors chairs world of buzz 3
chinese doctor 8 08DkgyqG3P
chinese doctor 6 JpUBDWDdNi
chinese doctor 4 UV0fwKneAP
chinese doctor 3 4N6qUt8iCG
chinese doctor 2 T42Np2gR5s
chinese doctor 1 tKtH8J3mgK