१४ बैशाख २०८१, शुक्रबार

टेकोमा अडेको भद्रकाली

bhadrakali

भद्रकाली स्थित गुठी संस्थान केन्द्रीय लगत तथा अभिलेख शाखा कार्यालय रहेको भवन भूकम्प पछि टेकोका भरमा अड्याइएको छ । जीर्ण भएर टेकोका भरमा अड्याइएको भवनका कारण भद्रकाली मन्दिरमा आउने दर्शनार्थी समेत त्रसित हुने गरेका छन् । करिब १०० वर्षअघि बनेको भवन टेकोका भरमा राखिएको देख्दा मन्दिर वरपर बस्न असहज भएको दर्शनार्थी रामबहादुर श्रेष्ठको गुनासो छ ।

त्रासका कारण मन्दिरमा दर्शन गरेर भाग्नुपरेको उहाँको भनाइ छ । संस्थानको अभिलेख, पुस्तकलाय लगायत महत्वपूर्ण संरचना रहेको भवनमा अन्य सङ्घ संस्थाका साथै व्यापारिक कम्पनी समेत भाडामा बसिरहेका छन् । कार्यालयका सूचना अधिकारी श्रीरत्न शाक्य भवन बनाउन नक्सा तयार भइसकेको बताउनुहुन्छ ।

विसं २०३२ मा स्थापना भएदेखि कार्यालय भद्रकालीकै भवनमा राखिएको हो । राणाकालमा सिंहदरबार निर्माण सम्पन्न भएपछि बाँकी रहेको निर्माण सामग्री प्रयोग गरेर भद्रकाली मन्दिरको सत्तल निर्माण भएको इतिहास विभिन्न दस्तावेजमा पाइएको कार्यालय प्रमुख राजेन्द्र दाहाल बताउनुहुन्छ ।

भूकम्पले भवन क्षतिग्रस्त भए पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्राथमिकता सूचीमा नपर्दा पुनःनिर्माण हुन नसकेको उहाँले बताउनुभयो ।

    सम्बन्धित समाचार...