
फाइल फोटो
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार बोलाउनुभएको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतम सहभागी हुनु हुनेभएको छ ।
ललितपुरमा अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले बैठकबाटै पार्टीको समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहिताका नेताहरू पनि भोलिको बैठकमा उपस्थित हुनुपर्नेमा जोड दिनुभयो ।
गौतमले बैठकबाटै समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।गौतम बिहीबार बोलाइएको संसदीय दलको बैठकमा भने सहभागी हुनुभएको थिएन ।