१३ बैशाख २०८१, बिहीबार

महान्यायधिवक्तामा रमेश बडाल सिफारिस

Ramesh badal

प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्तामा रमेश बडाललाई सिफारिश गर्नुभएको छ ।

उहाँको नियुक्ति र शपथ आइतबार हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आजै राजीनामा दिनुभएको थियो ।

 प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मुख्य कानुनी सल्लाहकार महान्यायधिवक्ताका लागि बडाललाई सिफारिस गर्नुभएको बताइएको छ ।

अधिवक्ता वडालले अनौपचारिक जानकारी आफूले त्यसबारे पाएपनि औपचारिक जानकारी प्राप्त भइनसकेको बताउनुभयो । महान्यायाधिवक्ता अग्नी खरेलले दिनुभएको राजिनामा आज शुक्रबार स्वीकृत भएपछि सो पदमा बडाल फिारिस हुनुभएको हो ।