१९ बैशाख २०८१, बुधबार

महाकाली सिचाइको नहर किनारमा भेटियो शव

Screenshot 20210319 165137 OfficeEditor 20210319171410
महाकाली सिचाइको नहर किनारमा भेटिएको शव

कंचनपुरमा रहेको महाकाली सिचाइको नहर किनारमा एक व्यक्तीको शव फेला परेको छ ।

शुक्रबार भिमदत्त नगरपालिका वडा नं. ५ स्थित पुर्ब पश्चिम महाकाली सिचाई नहरको उत्तर तर्फ नहरको किनाराको पानीमा अन्दाजी ४० वर्षीय पुरुषको शव भेटिएको हो । खुट्टाको घुडा खुम्चिएर जमिनमा टेकीई दुबै हात र टाउको समेत सोही नहरको जमिनमा टेकिएको र हिलो माटो लागी पानीले भिजी चाउरी परि लेउ लागेको अवस्थामा मृतकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । उक्त घटना सम्बन्धमा प्रहरीलाई बिहान ७:०० बजेको सूचना प्राप्त हुँदा तत्काल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट अनुसन्धान टोली खटिएको थियो ।

मृतकको शव परीक्षणको लागी महाकाली अस्पतालमा राखिएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरी रहेको प्रहरी प्रवक्ता एवं डिएसपी अमर बहादुर थापाले बताए।

मृतकको परिचय नखुल्दा सनाखत हुन सकेको छैन ।