१४ बैशाख २०८१, शुक्रबार

राजनीतिक दलहरुले आ-आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छः पूर्वराष्ट्रपति डा यादव

Ram Baran Yadav

पूर्वराष्ट्रपति डा रामवरण यादवले राजनीतिक दलहरु जिम्मेवारपूर्ण रुपमा अघि बढ्नुपर्ने बताउनुभएको छ । पत्रकारसँग कुरा गर्दै उहाँले दलहरुले आआफ्नो भूमिका महत्वपूर्ण ढङ्गले निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

डा यादवले भन्नुभयो, “दलहरुलाई नेपाली जनताले हेरिरहेका छन् ।” उहाँले संविधान रक्षाका लागि सबैलाई जुट्न आग्रह पनि गर्नुभयो । उहाँले थप्नुभयो, “म आशा गर्छु, राजनीतिक दलहरुले आआफ्नो कर्तव्य निर्वाह गर्ने छन् ।” देशलाई कसरी संविधान सम्मत चलाउने भन्ने जिम्मेवारी दलको भएको डा यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी लोकतन्त्रमा छौँ । यसको मर्यादा, लोकतान्त्रिक मर्मअनुसार प्रतिनिधि सभालाई सञ्चालन गरेर अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ । सर्वोच्च अदालतको प्रतिष्ठा जनताका बीचमा स्थापित भएको छ । सबै संविधानको मर्म अनुसार चलौँ ।”