१४ बैशाख २०८१, शुक्रबार

ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

death 1 12 11

महोत्तरीको मटिहानी–जनकपुर सडक खण्ड अन्तर्गत मटिहानी नगरपालिका– २ स्थित आवर गाउँमा ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषा जिल्लाको मुखियापट्टी मुसरनियाँ गाउँपालिका– ३ बैरियाका बजरङ्गी साहका २० वर्षीय छोरा नितेशकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका महोत्तरीको मटिहानी नगरपालिका– ८ का राजेन्द्र साहका २६ वर्षीय छोरा सरोजकुमार साहको मटिहानी हेल्थ केयरमा उपचार भइरहेको छ ।

धिरापुर गाउँबाट मटिहानी बजारतिर जाँदै गरेको ज१त ७४८४ नम्बरको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो । राति करीब ७ः३० बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक नितेशलाई उपचारका लागि जिल्ला अस्पताल जलेश्वर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्र्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । मृतक नितेशको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ ।