१६ चैत्र २०८०, शुक्रबार

ओलीले डाकेको संसदीय दल र केन्द्रीय कमिटीमा नेपाल समूह नजाने

yogesh kp oli scaled
फाइल फोटो

नेकपा एमालेको माधवकुमार नेपाल समूहले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले डाकेका संसदीय दल र केन्द्रीय कमिटी बैठकमा नजाने घोषणा गरेको छ।

नेपाल समूहका प्रचार विभाग प्रमुख योगेश भट्टराईले भोलि ११ बजे डाकिएको संसदीय दल र चैत ७ मा डाकिएको केन्द्रीय कमिटी बैठकमा आफूहरुको सहभागिता नहुने जानकारी दिए।

‘आज मात्रै हाम्रो मोबाइलमा एसएमएस आएको थियो। भोलि ११ बजे बालुवाटारमा संसदीय दलको बैठक बोलाइएको छ। एमालेका नेता र सांसदहरु यहाँ भेलामा थिए भन्ने जानकारी उहाँलाई नभएको होइन’, उनले भने, ‘संसदीय दलको बैठकमा जान्छौँ तर हामीले कार्यव्यस्तताले भोलिको संसदीय दलमा आउन सक्दैनौँ भनेका छौँ।’

उनले चैत ७ गते ओलीले गुट भेला मात्रै गर्न लागेको बताए। ‘चैत ७ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको होइन’, उनले भने, ‘२८ गते जे बैठक भएको थियो त्यही हुनेछ। त्यसैले हामी त्यहाँ जाने छैनौँ।’