७ बैशाख २०८१, शुक्रबार

बारा मालपोत प्रमुख ६ लाख घुससहित पक्राउ

arest

बारा मालपोत कार्यालय सिमराका प्रमुख नायव सुब्बा घुससहित पक्राउ परेका छन्।

सेवाग्राहीसँग ६ लाख घुस लिइरहेको अवस्थामा नासु मनोज कुमार खनाल र लेखापढी व्यवसायी बद्री प्रसाद बडाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ भनेर सर्जमिन मुचुल्का गरी सिफारिस पठाई फुकुवा गर्ने प्रक्रिया मिलाई फास्ट ट्रयाकबाट पास गराइदिने र उक्त काम गरिदिएवापत घुस मागेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो । उनीहरूमाथि कानुनी कारबाहीका लागि प्रक्रिया बढाएको अख्तियारले जनाएको छ।