१३ बैशाख २०८१, बिहीबार

ओलीले फाउन्डेसन गठन गरेर एमालेमा गुटबन्दी गरेः नेता खनाल

Jhalanath Khanal
फाइल फोटो

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले पार्टीलाई विभाजनतर्फ लगेको आरोप लगाएका छन् । उनले पार्टीमा गुटबन्दी नै ओलीले शुरू गरेको दाबी गरे ।

माधव नेपाल समूहले आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै खनालले भने, ‘ओलीले मदन भण्डारी फाउन्डेसन गठन गरेर देशब्यापी गुटबन्दी शुरू गरेका हुन् । उनको गतिविधिले पार्टीमा विधि, पद्दति, अनुशासन तोडियो र अराजकता पैदा भयो । वैचारिक काम शून्य हुन थाल्यो । पार्टी दक्षिणपन्थी भासतर्फ गयो ।’ सर्वोच्च अदालतले एमालेको ब्यूँताएपछि पनि ओलीले बालुवाटारमा गुट भेला गरेर एकतर्फी निर्णयहरू गरेको खनालले गुनासो गरे ।