१४ बैशाख २०८१, शुक्रबार

फिल्म ‘गदरः एक प्रेम कथा’ को सिक्वेल बन्ने

sunny deol 1564661947

सन् २००१ मा रिलिज भएको फिल्म ‘गदरः एक प्रेम कथा’को सिक्वेल बन्ने भएको छ ।

सनी देओल, अमिषा पटेल तथा अमरिश पुरीले खेलेको बलिउड फिल्म गदरः एक प्रेम कथा निकै रुचाइएको फिल्म हो । यो कुनै समय निकै चर्चित पनि थियो ।

सनी देवल, अमिषा पटेल र अमरीश पुरीको अभिनय गरेको यो फिल्मलाई दर्शकले निकै रुचाएका थिए ।

नवभारत टाइम्समा प्रकाशित समाचारअनुसार निर्देशक अनिल शर्माले फिल्मको सिक्वेल बनाउने विषयमा मुख खोलेका छन् । निर्माता तथा निर्देशकको समूह ‘गदर’को सिक्वेलका लागि काम शुरु गरिसकेका छन् ।

फिल्मका लागि प्लट र स्क्रिप्ट लेखनको काम भइरहेको छ । सिक्वेलमा पनि सनी देओल र अमिषा पटेलले नै अभिनय गर्ने समाचारमा जनाइएको छ । फिल्म निर्देशक अनिलका छोरा उत्कर्ष प्रमुख भूमिकामा देखिनेछन् ।

फिल्म ‘गदर’मा उत्कर्षले सनी र अमीषाको छोराको भूमिका निभाएका थिए । उनले सन् २०१८ मा नै फिल्म ‘जिनियस’बाट बलिउडमा डेब्यू गरेका थिए ।