१३ बैशाख २०८१, बिहीबार

महोत्तरीमा आज सार्वजनिक विदा

Jaleshwor Municipality

जलेश्वर नगरपालिकाले मिथिला माध्यमिकी परिक्रमा मेला (उत्सव, जात्रा) को अवसरमा सार्वजनिक विदाकाे घोषणा गरेको छ ।

जिल्ला सदरमुकामसमेत रहेको जलेश्वर नगरपालिकाले आज (बुधबार) परिक्रमा मेलाका लागि सार्वजनिक बिदा घोषणा गरेको हो । मिथिला माध्यमिकी यात्राको पाँचौं दिन आज राम–सीताको डोलासहितका यात्री रात्रिविश्रामका लागि जलेश्वर आउने क्रम एकाबिहानैदेखि शुरु भएको छ । मिथिला माध्यमिकी परिक्रमा यस भेगको महान धार्मिकयात्रा र लोक परम्परा भएको हुँदा उत्सव मनाउन सार्वजनिक बिदा घोषणा गरिएको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ । हजारौं नरनारी र साधुसन्तसहित आफ्नो नगरमा रामसीताको डोली बोकेर आउने हुँदा अतिथि स्वागत र डोलाको दर्शनका लागि सार्वजनिक विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरियाले बताउनुभयाे ।

गत शनिबार फागुन औंशीका दिन धनुषाको ठेराकचुरीबाट शुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली चौथो दिन मटिहानी आएपछि महोत्तरीको यात्रा प्रारम्भ भएको हो । अब आज पाँचौँ दिन जलेश्वरमा रात्रिविश्रामपछि छैटौं दिन मडै, सातौं दिन ध्रुवकुण्ड र आठौं दिन कञ्चनवनको बासपछि महोत्तरीको यात्रा पूरा हुनेछ ।

    सम्बन्धित समाचार...