१४ बैशाख २०८१, शुक्रबार

उत्तमको ‘दर्पण छायाँपछि’ मा निरुता

Nefta Award 2077 Samragyee Dhiraj Rai Suhana Karishma Paul Shah Red Carpet Photoshoot 1 12

त्तम प्रधानले निर्देशन गर्ने फिल्म ‘दर्पण छायापछि’ निरुता सिंहले अभिनय गर्ने भएकी छन् । मुम्बई बस्दै आएकी अभिनेत्री निरुता सिंह १० औं नेफ्टा अवार्डमा सहभागी हुन नेपाल आएकी निरुता फिल्म ‘दर्पणछाँया पछि’ अभिनय गर्दैछिन ।

अभिनेता उत्तमको निर्देशन रहने फिल्ममा उत्तम, निरुताको अलवा दीलिप रायमाझीको पनि मुख्य भूमिका निर्माण पक्षले जानकारी दिएको छ । यस फिल्मलाई अभिनेता उत्तमले नै लेखेका हुन् । एक समय सुपरहिट भएको फिल्म ‘दर्पण छायाँ’ सकिएको कथादेखि नै सुरु हुने बुझिएको छ । फिल्मलाई उत्तम र निरुताले मिलेर निर्माण गर्न लागेका हुन् ।

अभिनेत्री निरुताले १२ वर्षपछि ‘नाईं नभन्नू ल ५’ मा सानो भुमिका निभाएर अभिनयमा फर्किएकी थिइन् । किरण केसीको फिल्म ‘दाल भात तरकारी’ अभिनय गरेकी निरुताले जम्न सकिनन् । अव भने फिल्म ‘दर्पण छायाँपछि’ पुरानै आफ्नो क्रेज फर्काउने तयारीमा निरुता लागेकी छन् ।