६ बैशाख २०८१, बिहीबार

गुटगत गतिविधि नगर्न माधव कुमार नेपाल र झलनाथ पक्षलाई प्रधानमन्त्री ओलीको चेतावनी

Pro Ktm PM Chayapan 1024x683 1

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुटगत गतिविधि नगर्न माधव कुमार नेपाल र झलनाथ पक्षलाई चेतावनी दिनुभएको छ ।

मंगलबार बालुवाटारमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अराजकता, अनुशासनहीनता विधि विधानविपरित, पार्टी एकता विरोधी कुरा मान्य नहुने चेतावनी दिँदै गुटगत गतिविधि गर्नेलाई अनुशासनको कारवाही गर्ने चेतावनी दिनुभयो । नेपाल समूहले बालुवाटारको चियापान गरेको भन्दै ओलीले यो राम्रो लक्षण नभएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पार्टी पूर्व अवस्थामा फर्के पनि केही मानिस गुटगत भेला गरिरहेको भन्दै आपत्ति जनाउनुभयो । गुटगत भेला गरेर फेरि तमासा बनाउने, जगहसाइँ गर्ने, सञ्चार माध्यमलाई बिजनेस दिने, फलानो ठाउँमा फलानो गुट भनेर समाचारहरु दिने काम नगर्न ओलीले आग्रह गर्नुभयो । सभ्य समाजका लागि एकताबद्ध, अनुशासित, गतिशील पार्टी चाहिने भन्दै आफ्नो स्वार्थका लागि मनपरी गरेर हिँङ्न नपाइने ओलीको भनाइ छ । अध्यक्ष ओलीले एकताको पक्षमा उभिन नेता कार्यकर्तालाई आग्रह पनि गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेकपा हुँदा एक ढंगले पार्टीले फुटाइएको आरोप पनि लगाउनुभयो । त्यस्तै उहाले संसदलाई चल्न नदिइएको र स्वार्थका लागि बन्धक बनाइएको उल्लेख गर्नुभयो ।