१४ बैशाख २०८१, शुक्रबार

जनयुद्धलाई अस्वीकार गर्नु राजनीतिक बेइमानी हो : उर्जामन्त्री पुन

barshaman pun

उर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन अनन्तले जनयुद्धका नेता स्वीकारेर १० वर्षे जनयुद्ध स्वीकार नगर्नु बेइमानी भएको बताएका छन्। शनिबार सहिद तथा बेपत्ता योद्धा सन्तती फाउण्डेशनको प्रथम साधारणसभालाई पेरिसडाँडामा उदघाटन गर्दै जनयुद्धलाई अस्वीकार गर्नु राजनीतिक बेइमानी भएको बताएका हुन्।

मन्त्री पुनले जनयुद्धकै कारण नेपाली समाजमा ठूलो कायापलट ल्याएको गणतन्त्रसहितका राजनीतिक परिवर्तन सम्भव भएको, त्यो इतिहास कसैले अस्वीकार गर्दैमा यथार्थलाई नबिर्सन आग्रह गरे।

जनयुद्धकै कारण नेपालमा गणतन्त्रसहितका राजनीतिक परिवर्तन सम्भव भएको नबिर्सन आग्रह गरेका छन्। जनयुद्धबाट आएका नेताहरु उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र मन्त्री भएर राजकीय जिम्मेवारी निर्वाह गरिसकेको चर्चा गर्दै मन्त्री पुनले जनयुद्धचाहीँ कसरी गलत भयोरु पुनले प्रश्न गरे ‘जनयुद्धको बेसमा आएको गणतन्त्र सबैका लागि स्वीकार्य हुने, जनयुद्धका नेताहरु उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र मन्त्री बन्दा स्वीकार्ने तर, गणतन्त्र ल्याउने जनयुद्ध र जनयुद्धका योद्धाहरु चाहिं किन अस्वीकार्य हुनेरु’

प्रचण्ड प्रधानमन्त्री भएकै बेला जनयुद्धका सहिदलाई सहिद घोषणा गरिएको स्मरण गर्दै मन्त्री पुनले राजपत्रमा प्रकाशित नहुँदा अन्योल कायम रहेकाले उक्त निर्णयलाई वर्तमान सरकारले राजपत्रमा प्रकाशित गरेर लखन थापादेखि जनयुद्धसम्मका सहिदलाई राष्ट्रिय सहिदको सूचीमा समावेश गर्ने काम छिट्टै गरिने प्रतिबद्धता जनाए।