१३ बैशाख २०८१, बिहीबार

देशभरमा २६९५ नमूना परीक्षण ५३ सङ्क्रमित

corona insurance

देशभरमा आज ५३ जना सक्रिय सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ७७ सङ्क्रमण मुक्त भएका छन् । आज सङ्क्रमणमुक्त भएका ७७ गरी आजसम्म दुई लाख ७१ हजार ३२६ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

आजसम्म निको हुने दर ९८ दशमलव छ प्रतिशत रहेको छ । यो सँगै जम्मा सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार २३१ पुगेको छ । काठमाडौँमा १९ नयाँ सङ्क्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी दुई हजार ६१५ नमूना परीक्षण भएको थियो । हालसम्म २२ लाख १५ हजार ४११ नमूना परीक्षण भइसकेको छ ।

प्रति १० लाख जनसङ्ख्यामा ७६ हजार ३४ परीक्षण भएको बताइएको छ । कोभिड–१९ कारण हालसम्म देशभरका तीन हजार १४ को मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा भने कोभिडका कारण कसैले पनि ज्यान गुमाएका छैनन् । हाल क्वारेन्टाइनमा रहेकाको सङ्ख्या ४७ रहेको बताइएको छ । सरकारले देश भरमा हाल कोभिड विरुद्धको खोप लगाइरहेको छ ।

आजसम्म खोप लगाउनेको सङ्ख्या १४ लाख ७७ हजार ७१३ रहेको छ ।