१५ बैशाख २०८१, शनिबार

गच्छादारको घरमै टाँसियो म्याद

vijay
फाइल फोटो

बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा जोडिएका पूर्व उपप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छादारको घरमा म्याद तामेली टाँस गरिएको छ ।

विशेष अदालत काठमाडौंले गच्छादारको घरमा फागुन २३ गते आइतवार एक महिनाको अवधि राखेर म्याद टाँस गरेको हो । गच्छादारलाई एकवर्षदेखि अदालतमा उपस्थित हुन भनिएपनि उपस्थित नभएपछि घरमै म्याद टाँस गर्नुपरेको विशेष अदालत स्रोतले जनाएको छ ।

स्रोतका अनुसार गच्छादारलाई यसअघि समेत दुई पटकसमेत अदालतमा उपस्थित हुनका लागि निर्देशन दिइएको थियो । यसअघि दुई पटकसम्म गच्छदारविरुद्ध विशेष अदालतले ुबेपत्ते तामेलीु टाँस गरिएपनि गच्छादार उपस्थित नभएपछि तेस्रो पटक पुनः तामेली टाँस गरिएको हो ।

बालुवाटारको ११३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका तत्कालिन उपप्रधानमन्त्री गच्छदारसहित १७५ जनाविरुद्ध २०७६ माघ २२ गते मुद्दा दायर गरिएको थियो। गच्छदारले सरकारी जग्गा व्यक्तिको बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजान विभागीय मन्त्रीको रुपमा गैरकानुनी कार्य गरेको अभियोगपत्रमा उल्लेख छ।

त्यस्तै गछदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।