१३ बैशाख २०८१, बिहीबार

जसपा कसैको पुच्छर बन्दैन आफैँ नेतृत्व गर्छ : भट्टराई

Dr Baburam Bhattarai
फाइल फोटो

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा।बाबुराम भट्टराईले जसपा कसैको पुच्छर नबन्ने बताउनु भएको छ ।

सत्तामा जान एमाले, माओवादी र कांग्रेसले जसपाको साथ खोजिरहेको अवस्थामा नेता भट्टराईले जसपा कसैको पुच्छर नबन्ने बरु आफैं देशको नेतृत्व गर्ने बताउनु भएको छ ।उहाँले जान्नै पर्ने कुरा भन्दै जसपाका तीन विशेषता औँल्याउनु भएको छ ।

ट्वीटरमा उहाँले लेख्नु भएको छ , ‘जसपाबारे जान्नैपर्ने कुरा । यो तासको जोकर वा सत्तारूपी जुवाको खालको च्यॅाखेदाउ थाप्ने खेलाडी हैन, बरू परम्परागत राजनीतिको अग्रगामी विकल्प हो । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेसी लोकतन्त्र विरूद्ध कसैसँग सम्झौता गर्दैन। यो कसैको पुच्छर हैन, आफैँ देशको नेतृत्व गर्ने शक्ति हो।’