८ बैशाख २०८१, शनिबार

हामी माओवादीमा फर्किन्नौं: मन्त्री थापा

manichandra thapa
फाइल फोटो

खानेपानी मन्त्री मणिचन्द्र थापाले आफूहरु नेकपा माओवादी केन्द्रमा नफर्कने बताउनु भयो । केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्मा सामेल गरेपछि ओलीकै नेकपा एमालेका केन्द्रीय सदस्यसमेत बनाइएका मन्त्री थापाले आफ्नो पार्टी नेकपा माओवादी केन्द्रमा नफर्किने बताउनु भएको हो ।

उहाँले देशलाई शान्ति चाहिएको भन्दै अस्थिर राजनीतिको अन्त्य गर्दै स्थित राजनीतिका लागि पनि आफूहरु एमालेभित्रै रहेर संघर्ष गर्ने उहाँले बताउनु भएको हो ।

उहाँले भन्नु भयो , ‘देशलाई विकास चाहिएको छ । सधै अस्थिरता राम्रो हुन्न । राजनीतिक विचार मिल्यो । हामी फर्किन्नौं । केपी ओली नै स्थिर राजनीतिको नेतृत्व गर्न सक्ने नेता हो ।’

मन्त्री थापाले माओवादी केन्द्रले देशलाई लामो समयदेखि अस्थिरतामा राखेको आरोपसमेत लगाउनु भयो ।

उहाँले भन्नु भयो , ‘देशलाई लामो समय अस्थिरतामा राख्ने पार्टीमा अब फर्किन्नौं । माओवादीमा हरेक २–३ वर्षमा जाँदै आएकाले अस्थिर पार्टीमा अब फर्किन्नौं ।’

मन्त्री थापासहित माओवादी केन्द्रबाट अहिले केपी ओली नेतृत्वको सरकारमा गएका सबैलाई पार्टीभित्र फर्किन निर्देशन दिइसकिएको छ । नफर्के पार्टीले कार्वाही गर्ने चेतावनी पनि दिएको छ ।

तर मन्त्री थापाले मन्त्री पद वा सांसद पद ठूलो कुरा नभएको भन्दै विचार मिल्नेसँग अगाडि बढ्ने स्पष्ट पार्नु भएको छ । ओलीले शुक्रबार मात्रै माओवादीका २३ जनालाई एमालेको केन्द्रीय सदस्य बनाउनु भएको छ ।

तर एमालेभित्रकै माधवकुमार नेपाल पक्षले भने यो अवैधानिक भएको भनेको छ । पार्टीको विधान मिचेर उहाँले पदाधिकारीलाई हटाउनु भएको छ । नेपाल पक्षले समानान्तर पार्टी चलाउने बताइसकेको छ ।