१२ बैशाख २०८१, बुधबार

भिम रावल भन्छन्: केपी ओलीको निर्णय अवैध र हास्यास्पद

Bhim Rawal 1
फाइल फोटो

नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओली एकपछि अर्को अवैध निर्णय गर्दै अघि बढेको आरोप लगाएका छन् । अर्को पार्टी नेकपा (माओवादी केन्द्र)मा रहेका व्यक्तिहरुलाई नेकपा ‘एमालेमा मनोनयन गरेँ’ भनेर ओलीले अवैध र हास्यास्पद निर्णय गरेको उनको भनाइ थियो ।

शनिबार राजधानीमा एमाले खनाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले ओलीको पछिल्लो कदम एमालेको एकता टुटाउने किसिमको भएको बताए ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली समूहको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले खनाल-नेपालपक्षीय नेताहरुको जिम्मेवारी खोस्दै आफूपक्षीय नेताहरुलाई जिम्मेवारी बाँडफाँड गरेको थियो । नेता रावलले त्यसप्रति आपत्ति जनाए ।

“हाम्रो पार्टीको विधानअनुरुप कुनै पनि व्यक्ति केन्द्रीय कमिटीमा आउनको लागि वा मनोनयन गर्नको लागि त्यसको स्पष्ट व्यवस्था छ । हाम्रो पार्टीको महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु मात्रै पदाधिकारी रहन सक्ने व्यवस्था छ,” उनले भने, “केन्द्रीय कमिटीको सदस्यहरुको मनोनयन गर्नको लागि निश्चित संख्या तोकिएको छ ।

त्यो संख्यामा हामीले पहिले नै मनोनयन गरिसकेका छौँ । त्यसमा केपी शर्मा ओलीलाई थप सदस्य मनोनयन गर्ने अधिकार नै छैन ।”