१५ चैत्र २०८०, बिहीबार

बार्सिलोना क्वाटरफाइनलमा

Messi

कप्तान लियोनल मेस्सीले दुई गोल गर्दा बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा बार्सिलोनाले लेगानेसलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन कप्तान मेस्सीले दुई गोल गरे । त्यस्तै एन्टोनी ग्रिजम्यान, सेलमेन्ट लङलेट र अथुर मेलोले एक–एक गोल गरे ।

बुधबार राति नै भएको अर्को खेलमा ग्रानाडा र मारन्डेस फाइनलमा प्रवेश गरेका छन् । एजेन्सी