१६ चैत्र २०८०, शुक्रबार

हेर्नुस् भिडियो- यी बालकले कडा मेहनत गरेर घटाए १०८ किलो तौल ?

KzVLY1fJle

संसारकै मोटो बालक आर्या परमानाले कडा मेहनत गरेर १०८ किलो तौल घटाएर सबैलाई चकित पारेका छन् । उनको तौल १९३ किलो रहेको थियो ।

आर्याको नयाँ रुपले सबैलाई चकित बताएको छ । उनको सामाजिक सञ्जालमा भाइरल भएका तस्बिरले पनि उनको कडा परिश्रम झल्काएको छ ।

डेली मेलमा प्रकाशित एक रिपोर्टका अनुसार आर्या परमानाको तस्बिर र भिडियो अदे राय नामका एक प्रयोगकर्ताले पोस्ट गरेका हुन् ।

भिडियोमा आर्याको अहिलेसम्मको यात्रा देखाइएको छ ।

81929324 125388115636818 6891070416696957251 n 1

उनको यो मेकओभरको पछाडि भ्यारिएट्रिक सर्जरी, डाइट प्लान र दैनिक कसरत भएको उनको पिताले बताए ।

आर्याको एउटा सर्जरी भइसकेको छ । तर उनको शरीरमा अझै पनि झोलिएका छालाहरु बाँकी छन् । ती छाला हटाउनको लागि कमसेकम २ पटक सर्जरी गर्नुपर्ने डाक्टरहरुले बताएका छन् ।

आर्याले २०१६ बाट तौल घटाउन सुरु गरेका थिए । ट्रेनर अदेका अनुसार सुरुमा उनले आर्याको दिनचर्याको बारेमा सोधपुछ गरे र सन्तुलित आहाराबाट उनको तौल घटाउन प्रयास गरेका थिए । एजेन्सी

    सम्बन्धित समाचार...