१३ बैशाख २०८१, बिहीबार

सञ्चारकर्मी दयाराम घिमिरेको निर्देशनमा ‘किन मन उदास उदास’ सार्वजनिक

kina man udas

लोकप्रिय गायक शिशिर योगीको स्वर एवम संगीत रहेको किन मन उदास उदास बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अमेरीकामा बस्दै आउनु भएका गीतकार हरि उप्रेतीको शव्द र संगीत संयोजन मनोहर सुनामको रहेको छ ।

new video release

गीतको भिडियोमा पछिल्लो समय नेपाली समाजमा देखिएको बिदेश प्रतिको मोह र त्यसले निम्त्याएको समस्यालाइ प्रस्तुत गरिएको छ ।

उक्त भिडियोलाइ सञ्चारकर्मी दयाराम घिमिरेले निर्देशन गरेका हुन । सिन्धुपलान्चोकको ईर्खुमा छायाँकन गरिएको भिडियोमा दर्जनौ सिनेमामा अभिनय गरिसकेका नायक सोहित मानन्धर, रस्मि श्रेष्ठ र बेनिश भण्डारीको साथमा बाल कलाकार हार्दिकता घिमिरेको अभिनयलाई देख्न सकिन्छ ।

hardikta

त्यसैगरी भिडियोमा खेम थापा मगरको छायांकन, बिरेन्द्र भाट बिपिनको सम्पादन रहेको छ भने भिडियोलाइ एच पि इन्टरटेन्मेन्टको अफिसियल यूटुव च्यानल बाट सार्वजनिक गरिएको छ ।