८ बैशाख २०८१, शनिबार

भारतीय महिला दुई किलो अफिम सहित पक्राउ

jailed
सांकेतिक तस्विर

मेचीनगर नगरपालिका–६ काँकरभिट्टा स्थित एक होटलबाट आज दुई किलो लागुऔषध (अफिम)सहित दुई भारतीय महिला पक्राउ परेका छन् । न्यू विशाल होटलको कोठा नम्बर १०५ मा लुकीछिपी बसेको अवस्थामा प्रहरीले भारत मणिपुर राज्यको राजधानी इम्फालकी ३० वर्षीया लक्ष्मी क्षेत्री र पश्चिम बङ्गाल राज्यको दार्जिलिङ जिल्लाकी ३८ वर्षीया गायत्रीदेवी क्षेत्रीलाई पक्राउ गरेको हो ।

उनीहरुले कालो, निलो रङ्गको प्लाष्टिकको झोला भित्र दुई वटा पोका बनाई लुकाइ छिपाइ राखेको अवस्थामा प्रतिबन्धित लागुऔषध अफिम फेला पारी लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौँ र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले सो बरामदसहित पक्राउ गरेको हो ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा थप अनुसन्धानका लागि राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताउनुभयो ।