१५ चैत्र २०८०, बिहीबार

हावाहुरीले रुख ढल्दा पृथ्वी राजमार्ग अवरुद्ध

prithvi highway landslide
फाइल फोटो

पृथ्वीराजमार्गस्थित तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित रिठेपानीमा रुख ढल्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।

आज दिउँसो आएको हावाहुरीसहितको वर्षाले रुख ढाल्दा राजमार्ग अवरुद्ध भएको हो । साना सवारी सञ्चालन भए पनि ठूला सवारीसाधन रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सनाले जानकारी दिनुभयो ।

रुख पन्छाएर राजमार्ग सञ्चालन गराउनका लागि बेलचौताराबाट एस्काभेटर मगाइएको र चाँडै राजमार्ग सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।