१३ बैशाख २०८१, बिहीबार

जिल्लाका एमाले कार्यालयमा धमाधम साइनबोर्ड फेरिदै

cpn uml board change

नेकपा नामको विवादमा सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएसँगै प्रधानमन्त्री ओली पक्ष नेकपा एमाले ब्यूँताउन तत्पर देखिएका छन ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ पुष्पलाल पार्क स्थित पार्टी कार्यालयमा नेकपा एमालेको होर्डिङ बोर्ड राखिसकिएको छ ।

त्यस्तै ओली समूहका कार्यकर्ताहरूले काभ्रेको बनेपा नगरपालिका–५ स्थित भीमसेनस्थानमा रहेको पार्टी कार्यालयमा नेकपाको बोर्ड हटाएर साविककै नेकपा एमालेको बोर्ड टाँगेका छन् । ओली समुहकै जिल्ला सदस्य कन्चन अधिकारी र युवा संघ काभ्रेका संयोजक बिक्रम चौलागाईंको संयुक्त नेतृत्वको टोलीले गत पुस ७ गते पार्टी कार्यालयमा लगाएको ताला पनि सोही समूहले खोलेको छ।

मोरङमा पनि प्रधानमन्त्री ओली पक्षका कार्यकर्ताहरुले पहिले नेकपाको साइनबोर्ट रहेको विराटनगर ११ पाञ्चालीमा मदन स्मृति भवनमा फेरि नेकपा एमाले लेखिएको साइनबोर्ड राखेका हुन् । कार्यकर्ताहरूले साइनबोर्ड परिवर्तन संगै अध्यक्ष केपी ओलीको कटआउट पनि राखेका छन् ।

धुम्बाराही स्थित मुख्यालयकी कार्यालय सचिव ईश्वरी रिजालले जनाए अनुसार मंगलबार सम्म मुख्यालयमा समेत नाम र साइनबोर्ड परिवर्तन गर्ने तयारी रहेको छ ।