
नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले आयोजन गरेको श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रीय महिला दिवसको अवसरमा तनहुँको देवघाटमा आयोजना गरिएको श्रीमान बोकेर कुद्ने प्रतियोगिता मा १० जोडिलाई पछि पार्दै पदम अधिकारी र बिष्णु अघिकारीको जोडि प्रथम भएका छन् ।
एक सय एघारौँ नारी दिवसका अवसरमा गाउँपालिकाले आज सो प्रतियोगिता आयोजना गरेको हो । देवघाट–५ स्थित कालिका माध्यमिक विद्यालयमा एक सय मिटरको दौड आयोजना भएको हो । नारी दिवसका अवसरमा गाउँपालिकाले आयोजना गरेको विविध कार्यक्रम मध्य श्रीमान् बोकेर दौडिने प्रतियोगिता नयाँ खाले कार्यक्रम हो ।
अन्यत्र भने श्रीमानले श्रीमती बोक्ने प्रतियोगिता आयोजना गरिने गरिएको छ ।




