८ बैशाख २०८१, शनिबार

काठमाडौंको होटल ग्राण्ड भिलामा बंगलादेशी व्यापारीको हत्या

hotel grand villa 1

काठमाडौंको सोल्टीमोडस्थित एक होटलमा बंगलादेशी नागरिकको हत्या भएको छ ।

सोल्टीमोडस्थित होटल ग्राण्ड भिलाको ११४ नम्बर कोठामा ४५ वर्षीय मोहिद्दिन अहमदको हत्या भएको हो । टाउकोमा बोतल प्रहारबाट हत्या भएका अहमद ट्राभल एजेन्सी सञ्चालक हुन् ।

उनको एक साताअघि हत्या भए पनि ढिला गरी बुधबार मात्र सार्वजनिक भएको हो ।

महानगरीय प्रहरी वृत्त, कालिमाटीका डीएसपी रुगम कुँवरले घटनाका विषयमा अनुसन्धान भइरहेको बताए । अहमद क्यासिनोका नियमित ग्राहक भएको बताइएको छ । उनीसँगै होटलमा बसेका एक जना फरार छन् ।