८ बैशाख २०८१, शनिबार

कोरोना भाइरसबारे भाइरल चार भ्रामक समाचार

corona fake news

कोरोना भाइरस बाट मर्नेको संख्या १०० नाघी सकेको छ । त्यसैगरी संन्क्रमित को संख्या ४५०० भन्दा माथी रहेको छ । हङकङले यो संक्रमण रोक्नको लागी चिनको मुख्यभुमी सँग हवाई सम्पर्क रोक्न सक्ने बताएको छ ।

जती चाडै कोरोना को संक्रमण फैँलदो छ , त्यो भन्दा चाडै यसबारे अनेकौं भ्रम छर्ने काम हुँदैछ ।

सबै भन्दा बढी चर्चामा रहेको भ्रम भने “चमेरोको सुप्” रहेको छ ।

चमेरोको सूपको भिडियो

सुरुदेखि नै मानिसहरूले कोरोनाभाइरसको उत्पत्तिको बारेमा अनलाइनमा अनेकौ अनुमान लगाउँदै थिए। त्यसमाथी चिनियाँहरूले चमेरो खाइरहेका भिडियोले यसलाई झनै चर्काएको थियो।

उक्त भिडियो क्लिपमा एक चिनियाँ महिलाले क्यामेरा मा पकाएको चमेरो खाँदै गरेको देख्न सकिन्छ ।

सो भिडियोलाई लिएर अनलाइन प्रयोगकर्ताहरु झनै क्रोधित भए, केहि प्रयोगकर्ताहरूले यस प्रकोपको लागि चिनियाँहरुको खाने बानी जिम्मेवार रहेको समेत बताए ।

तर सो भिडियोमा भने चिनियाँ महिलाले चमेरोको मासु कुखुराको जस्तै हुने बताएकी छिन् ।

त्यो भिडियो भित्रको सत्यता भने अर्कै रहेछ । त्यो भिडियो सन् २०१६ मा लोकप्रिय ब्लगर मेङ्युन वङले पलाउको यात्राको क्रममा खिचेकी थिइन । अनलाईनमा उनको आलोचना हुन थाले पछी उनले माफी पनि मागेकी थिइन ।

‘योजनाबद्ध’ प्रकोप

जसै अघिल्लो हप्ता संयुक्त राज्य अमेरिकाले कोरोना भाइरस को बारेमा जानकारी दियो, त्यही बेला देखी अनलाईन मा दस्तावेजहरु देखा पर्न थाले जसमा यस भाइरस को बारेमा पहिले नै थाहा भएको जिकिर गरिएको छ ।

यी आरोपहरूलाई सतहमा ल्याउने काम गर्ने पहिला व्यक्ती जोर्डन सेथर हुन । उनि एक षडयन्त्र सिद्धान्तवादक र युट्युबर पनि हुन । उनले सन २०१५ मा दर्ता गरिएको कोरोना भाइरस समबन्धी पेटेन्टलाई लिएर सो आरोप लगाएका हुन ।

जैविक हतियार को षडयन्त्र

त्यसै गरी अर्को निराधार दाबी पनि अनलाइनमा भाइरल भएको छ । यसमा दावी गरिएको छ कि भाइरस चीनको “गुप्त जैविक हतियार कार्यक्रम” को एक हिस्सा हो र यो वुलोन इन्स्टिच्युट अफ भाइरोजीबाट लीक भएको हुन सक्छ।

यस सिद्दान्तलाई अगाडी बढाउन वासिङ्टन पोस्टका २ लेखहरुले निकै सहयोग गरेका छन् । उक्त लेखहरुमा एक पूर्व इजरायली सैन्य अधिकारी लाई उदृत गरिएको छ ।

यद्यपि उक्त दुबै लेखमा दावीको लागि कुनै प्रमाण दिइएको छैन र उदृत स्रोत भन्छ “अहिले सम्म त्यहाँ कुनै प्रमाण वा संकेत छैन” जसबाट चुहावट भएको थियो।

‘जासूस टोली’

अर्को दावीले भाइरसलाई गलत तरिकाले क्यानाडाको नेशनल माइक्रोबायोलॉजी प्रयोगशालामा अनुसन्धानकर्ताको निलम्बनसँग जोडे।

क्यानाडाको राष्ट्रिय प्रसारक सीबीसीको गत वर्ष को समाचार अनुसार सम्भावित “नीति उल्लँघन पछि” विषाणविज्ञ डा. जियांगगुओ किउ, उनका पति र चीनका केही विद्यार्थीहरूलाई प्रयोगशालाबाट हटाइएको थियो ।

अर्को समाचार अनुसार डा किउले चिनियाँ एकेडेमी अफ साइंसेजको वुहान नेश्नल बायोसेफ्टी प्रयोगशालामा दुई बर्षको लागि दुई पटक भ्रमण गरेका थिए।

सीबीसीले यो दावी निराधार हो भनेर रिपोर्ट गरेको छ।

‘वुहानको नर्सको भिडियो’

outbreak coronavirus china wuhan

हुबेइ प्रान्तको एक नर्सबाट बहिरिएको भनिएको भिडियो पनि अहिले भाइरल भएको छ । उक्त भिडियो विभिन्न सामाजिक मिडिया प्लेटफार्महरूमा लाखौं चोटी हेरिएका छन भने उक्त भिडियो लाई आधार माएर हजारु समाचार पनि बनेका छन ।

एक कोरिअन युट्युब प्रयोगकर्ताले सो भिडियो युट्युबमा कोरिअन र अङ्रेजी भाषा सहितको उपशीर्षक मा राखेका थिए । अहिले सो भिडियो युट्युबा बाट हटाइएको छ ।

अङ्रेजी उपशीर्षक का अनुसार ती महिला वुहान अस्पतालकी नर्स हुन्। यद्यपि उनले नर्स वा डाक्टरमा भएको कुरा भिडियो मा दावी गर्दिनन्।

भिडियोमा उनले सुरक्षात्मक सूट लगाएको छ देखिन्छ तर उनको सूट र मास्क हुबेईमा मेडिकल स्टाफले लगाएको सँग मेल खाँदैन।

उनको दाबी अनुसार चीनमा संक्रमित व्यक्तिको वास्तविक संख्या ९०,००० हो तर आधिकारिक तथ्यान्क अनुसार अहिलेसम्म ४,५०० भन्दा बढी संक्रमण पुष्टि भएका छन्।

बिबिसिबाट अनुवादित