७ बैशाख २०८१, शुक्रबार

निर्मलाका हत्यारालाई कानूनी दायरामा ल्याइने : प्रदेश प्रहरी प्रमुख

PR Martadi 2

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले निर्मला पन्तका हत्यारा अनुसन्धान पछि छिट्टै कानूनीमा दायरमा ल्याइने बताउनु भएको छ ।

समुदायसँग प्रहरी साझेदारी कार्यक्रमको सरोकारवाला निकायसँगको अन्तरक्रिया कार्यक्रममा बालिका पन्तको बलात्कारपछि हत्याको पत्ता नलाग्नु स्थानीयवासीले नै अनुसन्धानमा सहयोग नगरेकाले अपराधीलाई कानूनी दायरामा ल्याउन नसकिएको बताउनुभयो ।

बैतडीकी १७ वर्षीया बालिका भागरथी भट्टको स्थानीय जनप्रतिनिधि, राजनीतिक दल र आफन्तको सहयोगले अपराधी पक्राउ गर्न प्रहरी सफल भएको प्रदेश प्रहरी प्रमुख सुवेदीले बताउनुभयो । पछिल्लो समयमा अपराधिक क्रियाकलाप बढ्दै गएकाले न्यूनीकरणका लागि स्थानीय स्तरका समुदाय र पीडित पक्षको सहयोग आवश्यक रहेको प्रदेश प्रमुख सुवेदीको भनाइ छ ।

बलात्कार, हत्या र अन्य हिंसा घटना १६ वर्षदेखि २५ वर्षका बालबालिका नै संलग्न हुने गरेको महानिरीक्षक सुवेदीले स्पष्ट पार्नुभएको छ । समुदायमा प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी र समुदायका व्यक्तिलाई अपराधका बारेमा जनचेतना दिनका लागि समन्वय र सहकार्य गर्दै जानुपर्नेमा प्रदेश प्रहरी प्रमुख सुवेदीले जोड दिनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बाजुराको संयुक्त आयोजनामा गरिएको सरोकारवाला निकायसँगको अन्तक्र्रियामा सुवेदीले बलात्कार, हत्या, लैङ्गिक हिंसा र आत्महत्याका घटना सामाजिक सञ्जालको दुरुपयोका कारणले हुने गरेको जिकिर गर्नुभएको छ ।

बलात्कार, हत्या लगायत अपराध आफन्त र समुदायका चिनजानका व्यक्तिबाट हुने गरेको महानिरीक्षक सुवेदीले बताउनुभयो । उहाँले ८० प्रतिशतभन्दा बढी आफन्तले आफन्तलाई हत्या गरेको तथ्याङ्क प्रहरीसँग रहेको उहाँ बताउँदै महिला हिंसाका घटना बलात्कार ६४ प्रतिशत भन्दा बढी १८ वर्ष मुनिका बालबालिका पीडित भएको जनाउनुभयो ।