७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओली मुस्कुराउँदै संसद भवन प्रवेश, शुरु हुन सकेको छैन बैठक

Nepalese parliament

संसद बैठकमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली मुस्कुराउँदै संसद भवन प्रवेश गर्नु भएको छ ।

प्रधानमन्त्री ओली भर्खरै संसद भवन प्रवेश गर्नु भएको हो । प्रतिनिधिसभाको बैठक नयाँ बानेश्वर स्थित संसद भवनमा बैठक शुरु हुँदै छ ।

सर्वत्र चासोका साथ हेरिएको प्रतिनिधिसभाको बैठक तोकिएको समयमा शुरु हुन सकेको छैन। सर्वोच्च अदालतको आदेशपछि पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक राष्ट्रपतिले अपरान्ह ४ बजे आह्वान गरे पनि आधा घण्टा बितिसक्दा पनि शुरु हुन सकेको छैन।

प्रधानमन्त्री, मन्त्री लगायत सांसदहरू केही ढिला गरी बैठक कक्षमा प्रवेश गरेका हुन्। संसद भवन नयाँ बानेश्वर परिसरमा पत्रकारको बाक्लो उपस्थिति रहेको छ।

बैठकका लागि संसद सचिवालयले कार्यसूची सार्वजनिक गरिसकेको छ।