२६ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री ओलीले शिक्षण अस्पताल महाराजगञ्जमा १० बजे कोभिड–१९ विरुद्धको खोप लगाउनुहुने

kp oli teaching
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउनु हुने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले सञ्चारकर्मीसँग भएको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रियामा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान १० बजे खोप लगाउनुहुने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

सरकारले आजदेखि नै दोस्रो चरणको खोप अभियान अन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप सञ्चालन गर्दैछ । सो अवसरमा करीब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य रहेको बताइएको छ ।