१४ बैशाख २०८१, शुक्रबार

सञ्जय लीला भन्सालीलाई ‘विवाद’ शब्द प्रिय, फिल्म ‘गंगुबाई काठियावाडी’ बन्यो विवादित

gangubai

बलिउड निर्माता तथा निर्देशक सञ्जय लीला भन्सालीलाई ‘विवाद’ शब्द कति प्रिय लाग्छ भन्ने कुरा उनको पृष्ठभूमिबाटै थाहा हुन्छ । उनले आफ्नो करियरमा धेरै गम्भीर समस्या भोगे ।

उनले सुटिङ गरिरहेका फिल्म हुन् या रिलिजको तयारीमा रहेका फिल्म हुन्, अधिकांश फिल्म विवादमुक्त हुन सकेनन् । विगतमा केही निश्चित समूहले उनको फिल्म ‘बाजीराव मस्तानी’ र ‘पद्यमावत’ प्रति आपत्ति जनाए ।

सत्य घटनामा आधारित यस फिल्ममा केही तथ्य गलत राखिएको भन्दै यस फिल्मरको विरोध शुरू भएको छ । फिल्ममाथि समाजलाई बदनाम गराउने खालको भएको आरोप लागेको छ ।

बलिउड लाइफमा प्रकाशित समाचारअनुसार सञ्जय अहिले यस्तै अर्को विवादमा तानिएका छन् ।

निर्देशक सञ्जय लीला भन्सालीको बहुप्रतीक्षित चलचित्र गंगूबाई काठियावाडी रिलिज हुनु पूर्व नै विवादित बनेको हो । उनको फिल्म ‘गंगुबाई काठियावाडी’लाई लिएर कमथीपुराका बासिन्दाहरु आन्दोलित भएका छन् ।

यो फिल्ममा आलिया भट्ट प्रमुख भूमिकामा छिन् । कोठी सञ्चालिका गंगुबाईको कथामा आधारित फिल्मले आफ्नो क्षेत्रलाई मुम्बईको प्रख्यात रेडलाइट एरियाका रुपमा चित्रण गरेको भन्दै कमथीपुराका बासिन्दा आन्दोलित भएका हुन् । उनीहरुले फिल्ममा देखाइएको दृश्यले आफ्नो क्षेत्रलाई ‘लज्जित’ बनाएको दाबी गरेका छन् ।

‘आलिया भट्टको अभिनय रहेको र सञ्जय लीला भन्सालीले निर्देशन गरेको फिल्म ‘गंगुबाई काठियावाडी’ले दुई सय वर्षको इतिहास बोकेको कमथीपुरालाई दुरुपयोग गरेको छ । यो स्थानलाई मुम्बईको रेडलाइट एरियाको रुपमा देखाउनु आफैंमा लज्जास्पद विषय हो’, कमथीपुराका बासिन्दाद्वारा जारी विज्ञप्तीमा लेखिएको छ ।

विज्ञप्तीमा निकै लामो प्रयासपछि स्थानीयले कमथीपुराको बेग्लै पहिचान बनाएको स्मरण गर्दै सञ्जयको फिल्मले त्यो पहिचानमाथि बज्रपात गरेको उल्लेख गरिएको छ ।

कमाठीपुरासँग सम्बन्धित एक संगठनले फिल्मले कमाठीपुरासँग जोडिएको इतिहास सुध्रँदै गएको बेला यस फिल्मले त्यसलाई धुमिल्याउने बताएको छ ।

संगठनले फिल्मरले अहिलेमात्र नभई भविष्यमा समेत असर गर्ने बताउँदै फिल्मको विरोध गरेको हो ।

स्थानीयका अनुसार कमथीपुराका बासिन्दाहरु अहिले शान्त अवस्थामा छैनन् । उनीहरुले फिल्मको रिलिजविरुद्ध चाँडै नै आन्दोलनको तयारी गरिरहेका छन् । यसका लागि उनीहरुले विभिन्न व्यक्तिलाई भेटेर यो विषयमा उजुरी नै गरेका छन् ।

केही साता अघि मात्र भन्सालीको जन्मदिनमा फिल्मको टिजर रिलिज गरिएको थियो । फिल्मको टिजरमा आलियाले बोलेको संवाद निकै लोकप्रिय बनेको थियो ।

यस फिल्म ३० जुलाईमा रिलिज हुने बताइएको छ ।