१६ चैत्र २०८०, शुक्रबार

करोडौँ रकम लिएर २ दाजुभाइ फरार

sindi brother

आइएमई र कपडा पसल सञ्चालन दाजुभाइले करोडौं रकम लिएर फरार भाएका छन् । उक्त दुई दाजुभाइले दर्जनौँ व्यक्तिको करोडौँ रकम लिएर फरार भएका हुन् ।

राजविराजको गजेन्द्र चोकमा आइएमई सञ्चालक दाजुभाइ सञ्जय सिन्धी र सुनील सिन्धी पसल र अफिस दुवै बन्द गरेर चार दिनदेखि फरार भएका छन् ।

उनीहरु फरार भए पति बिहीबार १६ जनाले प्रहरीमा उजुरी दिएका छन् । उजुरी आउने क्रम अझै जारी रहेको जिल्ला प्रहरी कार्यालय राजविराजले जनाएको छ ।

१६ जनाले सिन्धी दाजुभाइविरुद्ध झन्डै ७६ लाख रुपैयाँ लिएर भागेको आरोपमा उजुरी दिएका छन् ।उक्त उजुरीउपर छानबिन तथा फरार रहेका सिन्धी दाजुभाइको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।