१३ बैशाख २०८१, बिहीबार

सरकार र नेकपाबीच तीन बूँदे सहमतिमा हस्ताक्षर

biplab government agreement sign

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज हस्ताक्षर भएको छ ।

biplab government agreement sign sabha griha
नेपाल सरकार र विद्रोही नेकपा विप्लव समूह बीच हस्ताक्षर कार्यक्रममा उपस्थित प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेत्रविक्रम चन्दको रोहवरमा गृहमन्त्री रामबहादुर थापा बादल र खड्कबहादुर विश्वकर्मा प्रकाण्ड सम्झौतापत्रमा हस्ताक्षर गर्दै । तस्वीर : प्रदीपराज वन्त÷रासस

सहमति पत्रमा सरकारका तर्फबाट गृहमन्त्री एवं वार्ता टोलीका संयोजक रामबहादुर थापा र सदस्य डा राजन भट्टराई तथा नेकपाका तर्फबाट वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा र उदय चलाउनेले आज राष्ट्रिय सभा गृहमा आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोह’मा हस्ताक्षर गर्नुभयो ।

दुवै पक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाले शान्तिपूर्ण राजनीतिक गतिविधि चलाउने र सरकारका तर्फबाट पार्टीका नेता कार्यकर्ता रिहाइ लगायत तीन बूँदे सहमति भएको थियो ।