७ बैशाख २०८१, शुक्रबार

विप्लवले भने -‘कसैले हस्तक्षेप गर्न खोजे धर्तीमा गाडिन्छौं, तर झुक्दैनौं’

biplav 1024x624 1

मुलधारको राजनीतिमा प्रवेश गरेको नेत्रविक्रम चन्द विप्लवले कम्युनिष्टहरु विद्रोही मात्र नभएर शान्तिदूत पनि भएको बताएका छन् । सरकारसँग तीन बुँदे सहमतिमा हस्ताक्षर लगत्तै भाषण गर्दै उनले यसलाई ‘घाम र जूनको मिलन’ को संज्ञा दिए । राष्ट्रिय सभागृहमा आयोजित हस्ताक्षर समारोहमा बोल्दै विप्लवले भने, ‘हामी कम्युनिष्टहरु विद्रोही हौं । तर बदलिएको परिस्थिति र राज्यले आफ्नो भूमिका पुरा गरेको अवस्थामा कम्युनिष्टहरु शान्तिका दूत पनि हुन् ।’

उनले तीन बुँदेमा नेकपा प्रतिबद्ध रहेको बताए । ‘यसमा आशंका र कुतर्क गर्न जरुरी छैन । हामी तीन बुँदेमा प्रतिवद्ध छौं,’ उनले भने । उनले एउटा देउडा गीतलाई उर्द्धत गर्दै अहिलेको सन्दर्भलाई ‘घाम र जूनको भेट’ का रुपमा संज्ञा दिए । प्रधानमन्त्री केपी ओलीसँग यसअघि पनि भेट र कुराकानी भएको उनले बताए ।

उनले सुनाए, ‘मैले उहाँलाई भनेको थिएँ, तपाईंहरूले नेतृत्व गर्नुस् । हामी कसैको भाग खोसेर, हमला गरेर होइन, जनताको श्रममाथि उभिएर देश बनाउनेछौं । हाम्रो छलफल भएको थियो ।’ सरकार र आफूहरु दुवैले जिम्मेवारी पूरा गरेको महसुस भएको उनले बताए । विप्लवले शहिदको सपना मर्न नदिने भन्दै उल्लेख गरे । विप्लवले शहीदको सपना मर्न नदिने प्रतिबद्धता जनाएका छन् ।