
सरकारसँगको सहमतिपछि आज नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा खुल्ला राजनीतिमा आएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले संयुक्तरुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा सहभागी हुन विप्लव नवलपरासीबाट काठमाडौं आउन लाग्नु भएकोहो । विहान ३ बजे पूर्वी नवलपरासी आइपुगेका विप्लव प्रहरीको स्कर्टिङमा काठमाडौं प्रस्थान गर्नु भयो ।
उहाँलाई त्यहाँ उहाँ निकट कार्यकर्ताहरुले विदाइ गरेका थिए । काठमाडौं आए लगतै उनी २ बजे राष्ट्रियसभा गृहमा हुने घोषणासभा कार्यक्रममा सहभागी हुनुहुनेछ ।



