७ बैशाख २०८१, शुक्रबार

आजबाट सुरु हुँदै कमेडी च्याम्पियन सिजन–२

comedy champion

गतबर्ष सफलतापुर्वक सम्पन्न भएको स्ट्यान्डअप कमेडी सो कमेडी च्याम्पियन सिजन– २ को आजबाट सुरु हने भएको छ ।

पहिलो सिजन आर्थिक अभावका कारण धेरै कुराहरु गर्न नसकिएको र यसवर्ष आर्थिक अभाव झेल्नु नपर्ने आयोजकले बताएका छन ।

साथै यो सिजन भब्य र सभ्य रहने पनि बताएका छन । कमेडी च्याम्पियन–२ का लागि देश तथा बिदेशबाट ६ हजार बढिले डिजिटल अडिसनमार्फत सहभागिता जनाएका थिए भने त्यसमध्येबाट १८० लाई फिजिकल अडिसनमा छनोट गरिएको थियो । १८० मध्येबाट काठमाडौं बोलाएर फिजिकल अडिसन गरेर आयोजकले उत्कृष्ट २४ प्रतियोगी छनोट गरिएको कमेडि च्याम्पियनको निर्देशक विशाल भण्डारिले बताए ।

आजजबाट सुरु हुने शो कान्तिपुर टेलिभिजन र कान्तिपुर एफएमबाट एकसाथ प्रशारण हुने छ भने ओएरआर डिजिटलबाट पनि सोही समय लाइभ हुनेछ ।

‘थ्रि प्रोडक्सन’को निर्माण कमेडी च्याम्पियनको निर्णायकमा गतबर्षकै सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा छन् । कार्यक्रमको होस्ट रीमा विश्वकर्माले नै गर्ने छिन् ।

कमेडी च्याम्पियनको कार्यकारी निर्मातामा केकी अधिकारी, विशाल भण्डारी, रीमा विश्वकर्मा र राज घिमिरे हुन् ।

यस शो को विजेताले कार र २५ लाख नगद पुरस्कार प्राप्त गर्नेछ । यसको पहिलो सिजनको विजेता हिमेश पन्त बनेका थिए ।
आजबाट सुरु हुने यस कमेडि च्याम्पियन सिजन २ मा टप २४ मा पर्न सफल प्रतियोगीहरुलाइ नेपाल घटनाको तर्फबाट सफलताको शुभकामना