१५ बैशाख २०८१, शनिबार

यात्रुवाहक विमान धावनमार्गबाट चिप्लियो, शहरको मध्य सडकमा पुग्यो (भिडियोसहित)

Screenshot 1

यात्रुले भरिभराउ एक इरानी विमान धावनमार्गबाट चिप्लिएर शहरको मध्यमा रहेको एक सडकमा पुगेको छ ।

क्यास्पियन एयरलाइन्सको उडान नं ६९३६ तेहरानबाट स्थानीय समयअनुसार सोमवार बिहान पौने ७ बजे उडेको थियो । दक्षिणपश्चिममा रहेको बन्दर–ए महशहरमा अवतरण गर्ने क्रममा विमान धावनमार्गबाट चिप्लिएको तस्नीम समाचार संस्थाले लेख्यो ।

घटनाको भिडियो सामाजिक सञ्जालमा चर्चित बनिरहेको छ । त्यसमा बोइङ विमान सडकको बीचमा तेर्सिएको देखिन्छ । यात्रुहरूलाई शान्तिपूर्वक विमानबाट निकालिएको थियो भने विमानमा हल्का क्षति पुगेको छ ।

विमानलाई खासै केही नभएपनि सडक चाहिँ क्षतिग्रस्त बनेको छ । खुजेस्तान एयरपोर्ट्सका व्यवस्थापकीय निर्देशक रेजा रेजाएईले इर्ना समाचार संस्थालाई घटनाका कारण विमानमा आगो नलागेको र कसैलाई पनि चोटपटक नलागेको बताए । एजेन्सी