१५ चैत्र २०८०, बिहीबार

हिंड्ने शार्कका चार नयाँ प्रजाति भेट्टाइयो (भिडियो सहित)

walking shark

वैज्ञानिकहरूले हिंड्ने शार्कको चार नयाँ प्रजातिहरू भेट्टाएका छन् । मरिन एन्ड फ्रेश्वाटर रिसर्च जर्नलामाअ प्रकाशित समाचार अनुसार “हेमिस्कत्लिएडाइ” प्रजाअतिका शार्क हरु भेटिएका छन् ।

वैज्ञानिकहरूका अनुसार यि हिंड्ने शार्कलाई “इपाउलेट” शार्क पनि भनिन्छ र यसबाट मानवलाई कुनै खतरा छैन । यिनीहरू औसतमा एक मिटरभन्दा कम हुन्छन् र साना माछा र हाड नभएका खानेकुरा मात्र खान्छन्।

क्वीन्सल्याण्ड विश्वविद्यालयका प्रमुख शोधकर्ता क्रिस्टीन डज भन्छन “नयाँ पत्ता लागेका शार्क थोरै अक्सिजन भएको ठाउँमा पनि बाँच्न सक्ने र आफ्ना फिनको मद्दतले हिड्न सक्छन् ” । यसले गर्दा उनिहरु कुशल सिकारिको रुपमा प्रस्तुत हुनसकेका छन् ।

walking shark 2

चार नयाँ प्रजातिको खोजले यस प्रजातिको संख्यालाई नौ मा पुर्याउँछ। “यी शार्कहरू लगभग ९० लाख वर्ष अघि विकसित हुन थालेका थिए र यिनिहरु आहिले सम्मकै कान्छा शार्कमा गनिन्छन”भन्छन मार्क एर्डम्यान जो यस शोधमा अर्का एक शोधकर्ता हुन ।