२० बैशाख २०८१, बिहीबार

नवनिर्वाचित सभामुख सापकोटाले लिए पद तथा गोपनीयताको सपथ

sapat

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

सोमबार बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहबीच सभामुख सापकोटाले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए ।

प्रतिनिधिसभाले आइतबार ४ महिना लामो रिक्तता अन्त्य गर्दै सापकोटालाई निर्विरोध सभामुखमा चयन गरेको थियो । सभामुखमा निर्वाचित भएको भोलिपल्टै सापकोटालले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

योसँगै अब प्रतिनिधिसभा सञ्चालन गर्न बाटो खुलेको छ । सभामुख निर्वाचित भएपछि आफूबारे अदालतमा रहेको मुद्दाबारे भने उनी मौन रहे।

सापकोटा प्रतिनिधिसभाबाट आइतबार सर्वसम्मतले सभामुख निर्वाचित भएका हुन्। सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित सापकोटा दुई पटक मन्त्री भैसकेका छन्।

उनलाई नेकपाले सभामुख बनाउने निर्णय गरेपछि राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेलले राजिनामा दिएका थिए। द्वन्दकालमा काभ्रेमा मारिएका अर्जुन लामाको हत्या आरोप लागेकाले सापकोटालाई कारबाही गर्न माग गर्दे प्याकुरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। त्यसैले उनलाई सभामुख बनाउने निर्णयपछि प्याकुरेलले राजिनामा दिएका हुन्।