१४ बैशाख २०८१, शुक्रबार

बागमती प्रदेशः प्रदेशसभामा दुई विधेयक प्रस्तुत

pradesh 3 sachiwalay hetauda

वाग्मती प्रदेशसभाको आज अपराह्नमा बसेको बैठकमा दुई वटा विधेयक छलफलका लागि प्रस्ताव प्रस्तुत गरिएको छ । उक्त बैठकमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकटेलले प्रदेशभित्र सुशासन प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ र कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दावादोर्जे लामाले प्रदेशमा दूध विकास बोर्ड ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०७६ को प्रस्ताव बृहत् छलफलका लागि टेबुल गर्नुभयो ।

वाग्मती प्रदेशसभाको सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक माघ १३ गते सोमबार बिहान ११ः३० बजे बस्नेगरी आजको बैठक स्थगित गर्नुभयो । गत पुस २७ गते बसेको प्रदेश नं. ३ प्रदेशसभाको पाँचौँ बैठकले प्रदेशको राजधानी हेटौँडा र नाम वाग्मती राखेको थियो ।~ रासस