७ बैशाख २०८१, शुक्रबार

सापकोटालाई सभामुख बनाइएको भन्दै चित्रबहादुर केसीको विरोध

chitra bahadur kc

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपाको प्रस्तावमा अग्निप्रसाद सापकोटालाई सभामुख बनाइएकोप्रति विरोध जनाएका छन् ।

उनले आइतबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘राष्ट्रिय जनमोर्चाले यसलाई गलत मानेको छ र त्यसको लागि विरोध गर्ने निर्णय गरेको छ । ज्यानसम्बन्धी मुद्दाको आरोप लागेका सापकोटालाई सत्ताको दबाबको कारण उनी उपर उजुरी प्रहरीले दर्ता नगरी कानुनको गम्भीर उल्लंघन भएको छ ।’