१६ चैत्र २०८०, शुक्रबार

जङ्गी अड्डामा बुधबारदेखि पृतनापति समन्वयात्मक बैठक हुँदै

nepal army

नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डामा बुधबारदेखि पृतनापति समन्वयात्मक बैठक गर्दैछ ।

महाशिवरात्रि तथा सेना दिवसको पूर्व सन्ध्यामा हुन लागेको उक्त बैठकमा पृतनापतिबाट आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तु स्थिति प्रतिवेदन पेश हुने सैनिक जनसम्पर्क सूचना निर्देशनालयले जनाएको छ ।

महानिर्देशनालय र विभागीय प्रमुखबाट आन्तरिक सुदृढीकरणको क्षेत्रमा भए/गरेका कार्यबारे प्रस्तुतीकरण एवं छलफल हुनेछ ।

सेनाले वार्षिक रुपमा दुई पटक पृतना बैठक गर्दै आएको छ । सेनाका सातै प्रदेशमा एक–एक तथा काठमाडौँ उपत्यकामा एक पृतना छ । सेनाको पृतनाको नेतृत्व उपरथीबाट हुँदै आएको छ ।