७ बैशाख २०८१, शुक्रबार

नेत्रविक्र चन्द (विप्लव) नेतृत्वको भूमिगत नेकपासंग वार्ता गर्न टोली गठन

parbat gurung
फाइल फोटो

सरकारले नेत्रविक्र चन्द (विप्लव) नेतृत्वको भूमिगत नेकपासंग वार्ता गर्न वार्ता टोली गठन गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा मंगलबार सरकारले विप्लव नेतृत्वको भूमिगत नेकपासँग वार्ता गर्न वार्ता टोली गठन गरेको हो । गृहमन्त्री थापाको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले जानकारी दिनुभयो । वार्ता टोलीमा प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई सदस्य रहेको उहाले बताउनुभयो ।

नेपाल सरकारले वार्ताटोली गठन गरिसकेपछि नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले पनि छिट्टै वार्ता टोली गठन गर्ने सरकारको अपेक्षा रहेको प्रवक्ता गुरुङले बताउनुभयो । उहाले सबै भूमिगत समूहसंग सरकारले वार्ता गर्ने जानकारी दिनुभयो ।